काभा महिला भलिबल खेल्ने १४ जना खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय


काठमाडौं ।

सरकारले काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजिओलाई जनही १ लाख २० हजार दिने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले आगामी असोज ५ देखि १४ गतेसम्म बेलायतमा हुने लोकसेवा आयोगको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रममा सहभागी हुन लोकसेवा आयोगका पदाधिकारीहरुलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।