दूधकोशीमा भीषण बाढी


सोलुखुम्बु।

दूधकोशी नदीमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ । दूधकोशीको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ स्थित थामे गाउँमा ठूलो क्षति पुगेको बताइएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्‍मा छिरिङका अनुसार खुम्बुकै थामे क्षेत्रमा हिमपोखरी फुटेको आशंका गरिएको छ।

दूधकोशीको तटीय क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्कता अपनाउन अपिल गरिएको छ।

क्षतिको थप विवरण आउन बाँकी ।