अमेरिकी उप–विदेशमन्त्री वर्मा काठमाडौँमा


काठमाडौँ।
संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आज काठमाडौँ आइपुगेका छन्।

आफ्नो नेपाल भ्रमणको क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

यस्तै नेपाल भ्रमण सकेपछि उनी भारत प्रस्थान गर्ने जनाइएको छ ।