गट्ठाघर दुर्घटनामा ज्यान गुमाउने पुरुषको सनाखत


काठमाडौँ।

भक्तपुरको गट्ठाघरमा बिहीबार दिउँसो (साउन ३१ गते) ट्रकको ठक्करबाट ज्यान गुमाएका पुरुषको सनाखत भएको छ।

मृत्यु हुने व्यक्ति ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भई हाल काठमाडौँको कपन बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको पुष्टि भएको जिल्ला प्रहरी परिसरका डीएसपी राजन कार्कीले जानकारी दिए।

उनका अनुसार शुक्र बिहान आफन्त आएर मृतकको सनाखत गरेका हुन् । शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

कोइराला सवार बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो पौने २ बजे गट्ठाघरमा ना.६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।

सुरुमा प्रहरीले दुर्घटनामा परेको स्कुटर चालक महिला भएको विवरण सार्वजनिक गरे पनि पछि त्यसलाई सच्याएको थियो।