हार्भाड युनिभर्सटीकी ग्रेजुएट बनिन् गोल्डेन गर्ल


एजेन्सी ।

रनर ग्याब्रियल थोमसले हालै सम्पन्न पेरिस ओलम्पिक्समा तीन गोल्ड मेदल जितेकी छन्। यी तीन गोल्डले अहिले उनी एकाएक चर्चित बनिन् । अर्को कारण उनी ग्रेजुएट एथ्लीट पनि हुन्।

यसअघि टोकियो ओलम्पिक्स (२०२१) मा उनले २०० मिटरमा ब्रोन्ज र १०० मिटर रिलेमा सिल्भर मेदल जितेकी थिइन् । तर, यसपटक यी दुबै इभेन्टका साथै ४०० मिटरमा उनले गोल्ड जितेर अमेरिकाकी गोल्डेन गर्लको लिस्टमा आफुलाई उभ्याएकी हुन्।
थोमस बारे केही तथ्यः
—थोमस ओलम्पिक्सतर्फ २०० मिटरमा गोल्ड जित्ने एलिसन फेलिक्सपछिकी दोस्रो अमेरिकी रनर हुन् । उनकी रोल मोडल फेलिक्सले लण्डन ओलम्पिक्स (२०१२) मा गोल्ड जितेकी थिइन् ।
—थोमसले पेरिस ओलम्पिक्समा ३ गोल्ड मेदल जितेकी हुन् । उनले २०० मिटर तथा १०० र ४०० मिटर रिलेमा गोल्ड जितेकी हुन् ।
—उनको २ ओलम्पिक्स करिअरमा तीन गोल्ड १ सिल्भर र १ ब्रन्ज गरी ५ मेदल जम्मा भएको छ ।
—स्कूलमा रेसमा भाग लिँदा ब्वाइजसँग दौडिने गर्थिन् । तर, ब्वाइजले उनलाई हराउन सक्दैनथियो । जसमा, उनले १००, २०० र इन्डोर ६० मिटर रेसमा रेकर्ड पनि राखेकी थिइन् ।
—सन् २०२३ मा थोमस वोमेन्स २०० मिटर स्प्रिन्टमा यूएस नेसनल च्याम्पियन बनिन् । उनले २०२३ वल्र्ड एथ्लेटिक्स च्याम्पियनसिपमा सिल्भर र १०० मिटर रिलेमा गोल्ड जितिन् ।
—थोमसले न्युरोबायलोजीमा हार्भड युनिभर्सिटीबाट ब्याचलर डिग्री लिएकी छन् । उनले पब्लिक हेल्थमा युनिभर्सिटी अफ टेक्सास हेल्थ साइन्स सेन्टरबाट मास्टर डिग्री गरेकी छन् ।
—हार्भाडमा ३ वर्ष बिताउँदा उनले ६ विभिन्न इभेन्टतर्फ २२ कन्फ्रेन्स टाइटल जितेकी थिइन् ।
—थोमसले इन्स्युरेन्स नगरेका मान्छेहरुका लागि अस्टिन भोलन्टिएर हेल्थ केयर क्लिनिकमा काम गर्छिन् । यसको बावजुद थोमसले समय निकालेर दिनमा तीनदेखि ६ घण्टा टे«नमा बिताउने गर्थिन् ।