चार जना सहसचिव महावाणिज्यदूतका लागि सिफारिस


सरकारले चार जना सहसचिवलाई विभिन्न देशका महावाणिज्यदूतका लागि परराष्ट्र मन्त्रालयमा सरुवा गरेको छ। बिहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले ती चार  जनालाई परराष्ट्र मन्त्रालय पठाउने निर्णय गरेको हो। 

परराष्ट्र मन्त्रालय सरुवा भएकामा झक्क प्रसाद आचार्य, लक्ष्मी प्रसाद निरौला, विन्देश्वर  प्रसाद लेखक र भरत खनाल रहनुभएको छ। उनीहरुलाई कलकत्ता, बेइजिङ, ग्वान्जाओ र ल्हासा पठाइने छ।

महावाणिज्यदूत  जान सहसचिवहरुको ठुलो  प्रतिस्पर्धा र दौडधुप चल्छ। यस पटक आचार्य, निरौला, लेखक र खनालले बाजी मार्न सफल भएका हुन्।