गठ्ठाघर अपडेट : जगले चक्का उचालेर क्षतविक्षत शव निकालियो


काठमाडौँ।

भक्तपुरको गठ्ठाघरमा आज अपराह्न ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा महिला रहेको खुल्न आए पनि परिचय नखुलेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरीका अनुसार घटनाको २ घण्टापछि जगले चक्का उचालेर शव निकालिएको छ। चक्काले झण्डै १०० मिटर घिसारेका कारण शव क्षतविक्षत भएको प्रहरीले जनाएको छ। अनुहार पनि चिनिने अवस्थामा नरहेको जनाइएको छ। शवलाई परीक्षणका लागि भर्खरै शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।

चालक भने फरार भएका छन्। अहिले सो क्षेत्रमा स्थानीयको प्रदर्शन जारी छ। आक्रोसित भीडले ट्रकमा ढुंगा हानेर तोडफोड गरेका छन्। सडक अवरुद्ध छ। स्थिति न्यन्त्रणमा लिन सो क्षेत्रमा ५०० बढी प्रहरी परिचालन गरिएको छ।