बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो


सिन्धुली ।

सिन्धुलीमा बिहीबार बिहान भएको बोलेरो गाडी दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ। बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका २ चियाबारीमामा डबलक्याप बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य १२ जना यात्रु घाइते छन् ।

दुर्घटनामा मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका ६ नाकाजोलीका ४२ वर्षका पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदय लुङ्गेली मगर रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए। गोलन्जोर गाउँपालिका ६ नाकाजोलीबाट तरकारी सहित यात्रु लिएर आएको बा २० च ८२८३ नम्बरको डबलक्याप बोलेरो दुर्घटना भएको हो ।

घाइतेहरूलाई उद्धार गरी उपचारको लागि सिन्धुली अस्पताल लगिएको छ। गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए।