सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ घाइते

7.43k
Shares

सिन्धुली ।

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका २ चियाबारीमा डबलक्याप बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा अन्य ५ जना घाईते भएका छन्। गोलन्जोर गाउँपालिकाबाट तरकारीसहित यात्रु लिएर आएको बा २० च ८२८३ नम्बरको बोलेरो जिप आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उद्धार गरी उपचारको लागि सिन्धुली अस्पताल लगिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।