हसिनाविरुद्ध ९ वर्ष पुरानो अपहरण मुद्दा दर्ता


ढाका ।

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध ९ वर्ष पुरानो अपहरणको मुद्दा दर्ता भएको छ। उजुरीकर्ता सोहेल राणा सर्वोच्च अदालतका वकिल हुन्। २०१५ जुन ६ को  राति साथीसँग हिँडिरहेको अवस्था थियो। 

त्यसपछि र्‍यापिड एक्सन बटालियनका केही सिपाहीहरूले उनलाई अपहरण गरेका थिए। उनीहरूलाई कुटपिट गरी बिजुलीको झटका दिइयो। उनी ३८ दिनपछि १३ अगस्टमा रिहा भएका थिए। सोही विषयलाई लिएर अहिले हसिनाविरुद्ध मुद्दा हालेका हुन् ।