राष्ट्रियसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम


काठमाडौं ।

सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा प्रश्नोत्तरको कार्यक्रम छ। सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।