अर्को सातादेखि नाडा अटो शो


काठमाडौं ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यस वर्ष टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ आयोजना गर्ने भएको छ । अगस्ट २७देखि सेप्टेम्बर १ तारिखसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा उक्त आयोजना हुनेछ ।

यस वर्षको नाडा अटो शोमा २४ चारपांग्रे ब्रान्ड, १९ दुईपांग्रे ब्रान्ड, र १२ हल्का व्यावसायिक सवारीसाधन ब्रान्ड प्रदर्शन हुनेछन् । साथै, ३३ कम्पनी जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टमा विशेषज्ञ छन्। त्यस्तै, ७ वित्तीय संस्थासहित ९५ प्रदर्शक सहभागी हुनेछन्, जसले १३० स्टलमा आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्नेछन् ।

हिरो जुम स्कुटरले डोर प्राइज प्रदान गर्नेछ भने खल्ती टिकेटिङ पार्टनर तथा वल्र्डलिंक आधिकारिक इन्टरनेट पार्टनर हुने रहेका छन् । नाडा अटो शो २०२४ ले अटो उद्योगलाई पुनर्जीवित गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा छ ।