अदालतले गर्‍याे प्रधानमन्त्रीलाई बर्खास्त

13.07k
Shares

काठमाडौं ।
थाइल्याण्डको सर्वोच्च अदालतले प्रधानमन्त्री स्रेता थाभिसिनलाई बर्खास्त गरेको छ । थाइल्याण्डको अखबार बैंंकक पोस्टका अनुसार अपराधमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई बर्खास्त गरेको हो ।

अदालतले प्रश्न उठाएका अपराधमा मुछिएका मन्त्री थिए पिचित चुइनवान । योसँगै एक वर्षभन्दा थोरै मात्रै कार्यकाल चलाएका प्रधानमन्त्री पदमुक्त भएका हुन् । प्रधानमन्त्रीमात्रै नभएर सबै मन्त्रीहरुको पद गएको तर अर्को सरकार बन्नु अगाडिसम्म कामचलाउ बन्न पाउने फैसला सर्वोच्च अदालतले बुधबार गरेको छ ।

पदमुक्त भएका प्रधानमन्त्री स्रेता थाभिसिनले आफूलाई अदालतको फैसला चित्त नबुझे पनि मान्नुको विकल्प नभएको पत्रकारसँग प्रतिक्रिया दिएका छन् ।

थाइल्याण्डमा प्रधानमन्त्रीको बर्खास्तीसँगै सेयर बजार ओरालो लागेको छ । ५.१० विन्दुको मंगलबारको सेयर बजार अदालतको फैसला पछि १७ विन्दुले झरेको बताइएको छ ।