सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?


काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छपावाल सुनको मूल्य १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको थियो।

त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ७३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।