काठमाडौंको काठ उद्योगमा भीषण आगलागी


काठमाडौं ।

सानो भर्‍याङमा एक काठ तथा फर्निचर उद्योगमा आगलागी भएको छ ।

आज राति ९ बजेको समयमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको ईचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

अहिले ३ वटा दमकल (बौद्ध, बालाजु, जनसेवा)सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य भइरहेको पनि उनले बताए। आगलागीको कारण खुलेको छैन ।