बिरामी बोकेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

17.58k
Shares

धादिङ ।

मौसम खरावीका कारण धादिङकाे थाक्रे गाउँ पालिका वडा नम्बर ७ सातकिलाेमा मंगलबार दिउँसो ५:१५ बजेतिर  बिरामी बोकेको हेलिकप्टर आकस्मिक  अवतरण गरिएको छ । 

पाेखराको  मनिपाल अस्पतालबाट दमकाे बिरामी बोकेर काठमाडौँ  जाँदै गरेकाे बिरामीसहितकाे हेलिकप्टर रोकेर सुरक्षित राखिएको थाक्रे गाउँ पालिका वडा नम्बर ७ का वडा अध्यक्ष युवराज खतिवडाले जानकारी दिए । 

कैलास हेलिकप्टर सर्भिसेजकाे 9N-AML  सातकिलाबाट काठमाडौँ जाने मौसम पर्खाइमा  रहेको छ । यतिखेर कुइरो लागिरहेको छ भने वर्षा भइरहेको छ ।