रास्वपाले भन्यो- भ्रष्टाचारको मुद्दामा हदम्याद स्वीकार्य हुँदैन


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारको मुद्दामा हदम्याद अस्वीकार्य भएको बताएको छ । मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले सो बारेमा पार्टीको धारणा बनाएको हो।

बैठकमा भ्रष्टाचारसम्बन्धी कानुन बनिरहेको र त्यसमा हदम्याद राख्नेकुरा कदाचित राजनीतिक दलहरूले गरिरहेको भन्दै रास्वपालाई स्वीकार्य नहुने पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए।

भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला भ्रष्टाचारको आशंका भए मुद्दा चलाउनुपर्ने र निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा जानेगरी राजनीतिक दलहरूले गम्भीर त्रुटी गरिरहेको उनको भनाइ थियो।

पार्टीले संसदमा पनि यसबारेमा आफ्ना धाराण राख्ने उनले बताए।

सरकारले ल्याएको विधेयकमा ५ वर्षे हदम्याद प्रस्ताव गरिएको छ।