आजसम्म बंगलादेशमा न्याय भन्दा दमनको नीति थियो-  नवनियुक्त प्रधानन्यायाधीश


ढाका । 

नवनियुक्त प्रधानन्यायाधीश सैयद रेफात अहमदले यति लामो समयसम्म न्यायको सट्टा दमनको नीति हाबी भएको बताएका छन्।

 सोमबार महान्यायाधिवक्ताको कार्यालय र सर्वोच्च अदालत बारले पुनरावेदन महाशाखामा दिएको स्वागत समारोहमा उनले यस्तो धारणा राखेका हुन्  ।

 आफ्नो भाषणको सुरुमा सैयद रेफात अहमदले विद्यार्थी र जनआन्दोलनमा मारिएका शहीदहरूको सम्झना गर्दै भने, ‘म विद्यार्थी र सम्पूर्ण देशका जनतालाई बधाई दिन्छु, म यस आन्दोलनलाई समर्थन गर्नेहरूलाई पनि बधाई दिन्छु।’

 उनले थप भने, ‘विद्यार्थीहरूले असमानता विरुद्ध ठूलो जागरण ल्याएका छन्। विद्यार्थी र जनताको क्रान्तिले गर्दा मलाई यो जिम्मेवारी सुम्पिएको छ, जुन म पूरा गर्नेछु। अहिले हामी भग्नावशेषमा उभिरहेका छौं। यस विनाशमा उभिएर हामीले नयाँ सुरुवात गर्नुपर्छ।’

 प्रधानन्यायाधीशले कुनै पनि किसिमको अनियमितता सह्य नहुने चेतावनी दिएको ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।