यस्ता छन् प्रधानमन्त्री ओलीलाई मुकुल ढकालका १५ सुझाव


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव बुझाएका छन् । डा. ढकालले सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर १५ बुँदे सुझाव बुझाएका हुन् ।

उनले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टचार र बेथिति नियन्त्रण, मिटरव्याज पीडितका समस्या, खानेपानी सिँचाइ,मल र बजारको व्यवस्था गरी किसानको समस्या समाधान, अस्पतालसम्म पुग्ने पिच रोड, शिक्षामा क्यालेन्डर, सार्वजनिक खरिद ऐनमा सुधार, न्यायालय सुधार र संविधान संशोधन लगायतका बुँदा समेटेको सुझाव बुझाएका हुन् ।

‘इन्तु, किन्तु, परन्तु केही नलगाई प्रदेश खारेज गर्नुपर्छ । जनतामा प्रदेश संरचनालाई लिएर व्यापक निराशा र आक्रोश रहेको छ’, संविधान संशोधनका लागि डा. ढकालले दिएको सुझावमा भनिएको छ ।

त्यस्तै जिल्ला समन्वय समिति पनि खारेज गर्नुपर्ने डा. ढकालको सुझाव छ । साथै उनले एकपटक नागरिकता त्यागेको व्यक्तिलाई राज्यको महत्त्वपूर्ण उच्च ओहदामा नियुक्त हुँदा ती व्यक्तिको मगजमा फेरी राष्ट्र त्यागिदिने मनोविज्ञान आउन सक्ने भन्दै यो व्यवस्था संविधानमै राख्न सुझाव दिएका छन् ।

पूर्णपाठ :