कोलकोत्तामा महिला डाक्टर मार्ने आरोपीको मोबाइलमा भेटियो यस्तो भिडियो 


नयाँदिल्ली ।

कोलकोत्तामा एक महिला स्नातकोत्तर प्रशिक्षार्थी डाक्टरको यौन उत्पीडन र हत्याको मुद्दामा आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन्।

 आरोपीलाई सियालदह अदालतमा पेस गरिएको थियो, जहाँ उनलाई भारतीय न्याय संहिता अन्तर्गत छुट्टाछुट्टै मुद्दामा अगस्ट २३ सम्म प्रहरी हिरासतमा पठाइएको छ ।

 सोधपुछको क्रममा अधिकारीहरूले संदिग्धका सबै मोबाइल फोनहरू जफत गरेका थिए ।

 न्युज १८ को रिपोर्ट अनुसार प्रहरीले आरोपीको मोबाइलबाट अश्लील भिडियो बरामद गरेको छ । अभियुक्तबाट एउटा ब्लुटुथ हेडफोन बरामद भएको छ, जसलाई महत्त्वपूर्ण प्रमाणका रुपमा लिइएको छ ।

 नागरिक स्वयंसेवकका रूपमा राखिएका कारण अभियुक्तले सहजै अस्पताल प्रवेश पाएका थिए । प्रहरीलाई सहयोग गर्ने यस्ता कर्मचारी हुन् ।