जनार्दन शर्माको प्रस्ताव: ‘पार्टीको नाम र चुनाव चिन्ह फेरौं’


काठमाडौं ।

 नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा प्रभाकरले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्न प्रस्ताव गरेका छन्। 

 सरकारवाट बाहिरिए पछि बसिरहेको स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले सो प्रस्ताव गरेका हुन । 

 पार्टी निमार्णका लागि बिभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘बर्तमान परिवेश र काम अनुरुप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्वीकार गर्ने गरी चुनाव चिन्ह फेर्ने’ प्रस्ताव बैठकमा राखेका छन् । 

 बैठक जारी छ  ।