बङ्गलादेशका बैङ्कबाट २ लाख भन्दा बढी रकम निकाल्न नपाइने


ढाका ।

बङ्गलादेशको केन्द्रीय बैङ्कले यस हप्ता प्रति ग्राहक अधिकतम २ लाख रुपैयाँ नगद मात्रै निकाल्न निर्देशन दिएको छ। केन्द्रीय बैङ्कले वाणिज्य बैङ्कहरूलाई बंगलादेशी २ लाख टाकाभन्दा बढी रकम निकासा नगर्न निर्देशन दिएको हो।

यो निर्णय बैङ्कका प्रबन्ध निर्देशकहरूलाई आपतकालीन सन्देश मार्फत जानकारी गराइएको हो । सो निर्देशनमा सुरक्षा चिन्ताहरू उल्लेख गरिएको छ। जसले शाखाहरूमा रकम स्थानान्तरण गर्न कठिनाइ सिर्जना भइरहे पछि यो निर्देशन जारी गरिएको हो भने रकम निकासीमा प्रतिबन्ध आवश्यक रहेको जनाएको छ।

बैङ्कहरूलाई चेक लेनदेनको अनुगमन बढाउन र कुनै पनि शङ्कास्पद गतिविधिहरू रोक्न पनि निर्देशन दिइएको छ। ठूला मात्रामा नगद निकासीबाट हुन सक्ने बैङ्किङ क्षेत्रको सम्भावित अस्थिरतालाई रोक्नका लागि निकासी सीमित गर्ने निर्णय गरिएको हो।