तीजका लागि बजाउँदै चुरा


काठमाडौं ।

गीतकार गीता अधिकारीको तीज गीत बजाउँदै चुरा सार्वजनिक गरिएको छ। सारिका घिमिरेको स्वर रहेको गीतमा योगेशकाजी शाहको कम्पोज र एरेन्जमेन्ट तथा मनोज परियारको मिक्सिङ र मास्टरिङ छ।

प्रदीपकुमार रसाइलीको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारले कम्मर मर्काएका छन्। त्यसैगरी छायांकन सोमिक गौतम तथा सम्पादन र कलर अमृत चापागाईंको सम्पादन रहेको छ।

गीताका यसअघि यतै घमाइलो उतै घमाइलो, तीजैमा व्रत बसी, श्वास फेरीजस्ता आधा दर्जन गीत श्रोता दर्शकमाझ आएका छन्। बजाउँदै चुरालाई केही परिमार्जित गरेर भिडियो सार्वजनिक गरिएको गीताले बताइन्।

तीज गीतमा छाडा प्रवृति मौलाउ“दै गएकोमा एक मौलिक तीज गीत स्रोता र दर्शकमाझ पस्किएको निर्देशक प्रदीपले बताए। गीतको भिडियो पीआर इन्टरनेन्टमेन्ट नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।