बङ्गलादेशमा बढ्दो सङ्कट : प्रधानन्यायाधीशपछि थप ५ न्यायाधीशले पनि दिए राजीनामा


एजेन्सी ।

प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएपछि पाँच न्यायाधीशले पनि राजीनामा दिएका छन्। ढाका ट्रिब्युनका अनुसार यसरी राजीनामा दिने न्यायाधीशहरूमा एम इनायतुर रहिम, अबु जफोर सिद्दिकी, मोहम्मद जहाँगीर हुसेन, मोहम्मद शाहिनुर इस्लाम र कशेफा हुसेन रहेका छन्।

राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पाँच न्यायाधीशको राजीनामा स्वीकृत गरेका छन्। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका कानुन तथा न्याय महाशाखाका सचिव मोहम्मद गुलाम सरवारले शनिबार राजपत्रमा सूचना जारी गरी सो जानकारी दिएका हुन्। न्यायाधीशहरुले हिजो साँझ कानुन मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष राजीनामा पत्र बुझाएका हुन्। यस अघि हिजो कानुन मन्त्रालयले प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएको जानकारी दिएको थियो।

विद्यार्थीहरूले सर्वोच्च अदालत घेराउ गरेर पछि प्रधानन्यायाधीश हसनले राजीनामा दिन बाध्य भएका हुन। विद्यार्थीहरूले थप पाँच जना न्यायाधीशले पनि राजीनामा दिनु पर्ने सर्त राखे पछि हसन पछि थप पाँच जना न्यायाधीशले राजीनामा दिएको बङ्गलादेशका मिडियाले जनाएका छन्।