गायक प्रकाश तिमिल्सिनाको निधन


काठमाडौं ।

गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। तिमल्सिनाको शनिबार साँझ निधन भएको हो । घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्‍याएको र अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

गायक तिमल्सिना भैँसेपाटीमा बस्दै आएका थिए । तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीत लोकप्रिय छन्। तिमिल्सिनाको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ।