चितवनकी सुनिता भइन् मिसेस ग्लोवल नेपाल २०२४


चितवनकी फेसन डिजाइनर सुनिता भुजेलले यस वर्षको मिसेस ग्लोवल नेपाल २०२४ को ताज जितेकी छिन् । ताजसँगै उनले एनएफइए २०२५ आवार्ड जापान जाने इन्ट्री प्याकेज समेत पाएकी छिन् । शनिवार अपरान्ह राजधानीको म्यूजिक सिटी स्टुडियोमा सम्पन्न मिसेस ग्लोवल नेपाल २०२४ को कार्यक्रममा सुस्मा लामा गुरुङ फस्ट रनरअप तथा रोजी मर्हजन सेकेन्ड रनरअप हुन सफल भएका छन् । हिमालयन मुजिय प्रोडक्सन हाउसको आयोजनामा सम्पन्न विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिताको सातौं संस्करण हो ।

अन्र्तराष्ट्रिय अर्वाड बिजेता तथा सिनियर फेसन कोरियोग्राफर हिमानी सुब्वाको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रममा एक दर्जनभन्दा बढी प्रतियोगीहरुले करिब तीन सातासम्म ब्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेजको प्रस्तुति, क्याटवाक, फोटोसुट, बौद्धिकता अभिवृद्धि, आत्मविश्वास अभिवृद्धि लगायतका विषयमा तालिम लिएका थिए । निकै आकर्षक पहिरनका विविध संस्करणहरुमा प्रतियोगीहरुले परिचयात्मक पोशाक प्रदर्शनी, उत्कृष्ट दश, उत्कृष्ट पाँचको प्रश्नोत्तर चरण पार गर्दै बिजयको संघारमा पुगेका थिए ।

सो कार्यक्रममा विविध सवटाइटल अर्वाडहरु समेत वितरण गरिएको थियो । जसमा विजेता सुनिताले मोस्ट इन्टिलिजेन्ट र बेस्ट ड्रस, उपबिजेताहरु सुष्मा लामा गुरुङले मोस्ट एट्राक्टिम र रोजी मर्हजनले मोस्ट कन्फिडेन्टको उपाधि हात पार्न सफल भएका थिए । त्यस्तैगरी अन्यतर्फ मोस्ट ग्रोसफुल सन्जु मगर, मोस्ट इलिगेन्ट सृजना तावा, मोस्ट स्मार्ट मोनिका प्रधान, मोस्ट चार्मिङ रजनी शाही, मोस्ट डिलिजेन्ट लमु शेपा, मोस्ट डाइनामिक पुजा थापा बखती, मोस्ट डेडीकेट पुजा लामा, मोस्ट प्यासोनेट बिमला मगराति, बेस्ट फोटोजेनिक विद्या थापा पोखरेल, वेस्ट पर्सनालिटी सम्झना नेपाली, पब्लिक च्वाइस भिडियो विद्याा थापा पोखरेल र मोस्ट पपुलर अवार्ड सृजना तावाले प्राप्त गरेकी छिन् ।

कार्यक्रमको निर्णायक मण्डलमा चर्चित नायक एवं चलचित्रकर्मी रमेश उप्रेती, मोडल, भिजे एवं बैंकर शुभ आचार्य, मिसेस मंगोल नेपाल २०२३ सरिता गुरुङ, मिसेस क्यापिटल क्विन नेपाल–२०२३ लक्ष्मी भुषाल र मिसेस नोबेल नेपाल २०२३ एवं फेसन डिजाइनर सिरोसा सापकोटा रहेका थिए ।