टिनएजरको लोकप्रिय स्वर सुशान्त केसी

0
Shares

गायक सुशान्त केसी टिनएजरमाझ लोकप्रिय स्वर हो।
२७ वर्षका सुशान्त पर्ख न, सारंगी, क्या कर्दिया, मुस्कुराएर, गुलाबीजस्ता गीतमार्फत दर्शकको मनमा बस्न सफल छन्। सुशान्तले सन् २०१६ मा आफ्नै शब्द संगीत र स्वरमा आमा बोलको गीतमार्फत संगीतमा पाइला चालेका थिए। जुन गीत निकै सफल भएको थियो। आठ वर्षको संगीत करिअरमा उनले कयौं देशमा सांगीतिक भ्रमण गरिसकेका छन्। आफ़ैले कोरेको मन छुने शब्द, संगीत र गायकीका कारण उनको गीत पछिल्लो समय सबै उमेरका दर्शकको रोजाइमा पर्ने गरेको छ।

हाल कन्सर्टका लागि अमेरिकामा रहेका उनले गतहप्ता अमेरिकाको द पेडियम हलमा पहिलोपटक आफ्नो प्रस्तुति दिएका छन्। करिब दुई महिनाको सांगीतिक यात्राको क्रममा अमेरिकाका अन्य ९ सहरमा सांगीतिक कार्यक्रम गर्नेछन्।

-सुशान्तले बुढानीलकण्ठ स्कुलमा कक्षा ५ मा पढ्दा नै बालगीत रेकर्ड गराएका थिए। सन् २०१३ मा एसएलसी (एसईई) दिएपछि उनले गीतकार रमेश दाहाल र निर्मँता राहुल प्रधानका साथ तीनवटा गीत रेकर्ड गराएका थिए। तर, ती गीत रिलिज नभएपछि उनले आफैं संगीत सिर्जना गर्नुपर्छ भन्ने सोच बनाएका थिए।

-रातो बंङ्गला स्कुलबाट ए लेभल सक्काएपछि सन् २०१५ मा उनले आफैँ गीत लेख्न थालेका थिए।

-उनले सन् २०१६ मा आफ्नै शब्द संगीत र स्वरमा आमाबुबाको सहयोगमा आमा बोलको पहिलो गीत सार्वजनिक गरेका थिए। जुन गीतले सफलता पाउँदै गर्दा उनी ब्याचलर पढ्न अस्ट्रेलियाको सिड्नी गएका थिए।अस्ट्रेलियामा पढाइको क्रममा पनि उनले कतिपय गीत लेखेका थिए। त्यहाँ हुँदा पढाइभन्दा गीत संगीतमा बढी समय दिन्थे।

-सुशान्तले साथीहरूको सल्लाहमा म्युजिकल इन्स्ट्रमेन्ट तथा रकेर्डिङ इक्विपमेन्टहरू किनेका थिए।

-आमाबुवाले संगीत पढ्ने हो भनेर सोध्दा बिजनेस स्टडी पढ्ने भन्दै अस्ट्रेलिया पुगेका उनले त्यहाँ रहँदा संगीत नै पढ्नुपर्ने महसुस गरे र ब्याचलर सकेर नेपाल फर्किए। त्यसपछि उनले संगीत पढ्ने सोच बनाएका थिए।

-संगीत पढ्नका लागि कलेज खोज्दै गर्दा उनका पिताले उनलाई अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कर्लीको लिंक पठाइदिए। हाल उनी सो युनिर्भसिटीमा सङ राइटिङ एन्ड प्रोड््युसिङ म्युजिकमा ब्याचलर गरिरहेका छन्।

-सुशान्तको चर्चित गीत सारङ्गी उनले सन् २०१७ मा नै लेखेका थिए। त्यसपछि अन्य गीत सार्वजनिक गरेका थिए। गतवर्ष रिलिज गरेको सारङ्गीपछि उनलाई चिन्ने दर्शकको दायरा झनै फराकिलो भयो।

-उनले आफ्नो पर्ख न बोलको गीत भारतमा ट्रेन्डिङमा परेपछि क्या कर्दिया बोलमा हिन्दी भाषामा गाएका छन्। उनी संगीतले दर्शक जोड्ने सोच राख्ने गर्छन्।

-सुशान्तले नेपाली गीत संगीतको प्रतिनिधित्व गर्दै पहिलोपटक अमेरिकाको न्युयोर्कस्थित पलेडियम हलमा प्रस्तुति दिएका छन्।

-सुशान्त गायनमा आधारित रियालिटी शो द भ्वाइस किड्स नेपाल सिजन २ का कोचसमेत हुन्।

-सुशान्तले विश्व चर्चित फ्रान्सेली डिजे डेभिड गुएटसग गेट टुगेदर बोलको गीत गाएका छन्। दुई मुलुकबीच ब्रान्ड प्रवद्र्धन गर्ने अभियानअन्तर्गत डेनिस बियर टुबोर्गको कार्यक्रमअन्र्तगत उनीहरूले सो गीतस“गै गाएका थिए।

-हालसम्म उनका करिब तीन दर्जन गीत सार्वजनिक भएका छन्। अधिकांश गीत धेरैले रुचाएका छन्।

-उनले अस्टे«लिया, युके, युएई, युएसए, दक्षिण कोरिया, भारतलगायत देशमा कन्सर्ट गरिसकेका छन्।

-सुशान्त आफ्नो ब्यान्ड ब्याङ्गर्ससग सांगीतिक भ्रमण गर्छन्। जहाँ गिटारिस्ट दीपांकर गौतम क्षेत्री, ड्रमर सञ्जय अवाले, बासमा नीरञ्जन रेग्मी, किबोर्डिस्ट दावा शेर्पा, डिजे रेडमस (सुदीप बँस्कोटा), साउन्ड इन्जिनियर शिशिररत्न शाक्य, लाइट टेक्निसियन रवि गुरुङ, भिडियोग्राफर थोमस जिएम (आयुष्मान घर्तीमगर) र व्यवस्थापक अमरचन्द्र न्यौपाने रहेका छन्।