सुर्खेत विमानस्थलमा अवतरण गर्न लागेको बुद्ध एयरको विमान आकाशतिरै फर्काइयो


काठमाडौँ।

काठमाडौँबाट आज बिहान यात्रु लिएर सुर्खेत पुगेको बुद्ध एयरको विमान त्यहाँको विमानस्थलमा अवतरण गर्नै लाग्दा अचानक फर्काइएको छ। बुद्ध एयरको यू४ १३७ विमान सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गर्दै नेपालगन्ज विमानस्थलमा ल्याएर अवतरण गराइएको हो।

खराब मौसमका कारण विमान सुर्खेतमा अवतरण नगरी नेपालगन्ज अवतरण गराइएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले बताए।

उनका अनुसार काठमाडौँबाट सुर्खेतका लागि विमान चढेका यात्रुलाई नेपालगन्जमा झारेर विमान फेरि काठमाडौँ फर्काइएको छ।

सुर्खेतको मौसम बिग्रेको र भिजिबिलिटी पनि अपुग रहेकोले यात्रुहरूलाई नेपालगन्ज ल्याएर ओरालेको र नेपालगन्जबाट फेरि काठमाडौँको उडान भएको उनले बताए।