मेडीपोइन्ट इन्टरनेशनल प्रा. लि. र निर्वाचन आयोगबीचको विवादमा मध्यस्थता


काठमाडौँ। 

मेडीपोइन्ट इन्टरनेशनल प्रा. लि. र निर्वाचन आयोगबीच भएको सम्झौता उलङ्घनका सन्दर्भमा  भएको  विवादमा सहमति भएको  छ । मध्यस्थतामा ऋषिकेश वाग्ले,राधेश्याम अधिकारी र पूर्णमान शाक्यले आज (शुक्रवार ) मध्यस्थमा हस्ताक्षर गरेका  छन् ।

दावीकर्ता मेडीपोइन्ट इन्टरनेशनलले  निर्वाचन आयोगलाई सम्झौता अनुसार उपलब्ध गराउनु  पर्ने सामानको गुणस्तर नभएका कारण निर्वाचन आयोगले करार भंग गरी भुक्तानी रोकिएको विषयमा  विवाद उत्पन्न भएपछि दुवै पक्षवीचको विवाद समाधान गर्ने उद्देश्यले मध्यस्थताको कारबाही सुरु गर्न भनी उच्च अदालत पाटनमा दर्ता भएको निवेदन अनुसार उच्च अदालत पाटनले २०८० भदौ १ गते  मध्यस्थ कर्ताहरु नियुक्तिको आदेश  दिएको थियो। सोही आदेश अन्तर्गत  नियुक्ति भएका  मध्यस्थकर्ताहरुले उक्त विषयमा  विवादको समाधान गरेका हुन् । 

  मेडीपोइन्ट इन्टरनेशनल प्रा. लि. र निर्वाचन आयोग बिच २०७९ मंसिर ४ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको क्रममा आवश्यक पर्ने तत्काल ह्यान्ड सेनिटाइजर तथा डिस्पोजेबल फेस मास्क आपूर्ति गर्ने विषयमा मिति २०७९ असोज १६ गते  सम्झौता भएको थियो । 

सो सम्झौता अनुसार निर्वाचन आयोगलाई   ३९,२६५,६९२.०० मा  निर्धारण गरिएको मापदण्डका २३०००० बोतल तत्कालीन ह्यान्ड स्यानिटाइजर तथा ९२००० प्याकेटडिस्पोजेबल फेस मास्क उपलब्ध गराउनु पर्ने थियो ।  सोही अनुसार उपलब्ध नभएका कारण निर्वाचन आयोगले करार रद्ध गरेको थियो। 

मुद्दाका बारेमा विस्तृत विवरण :