हेटौंडाबाट के ताल भो के ताल भो


हेटौंडा ।

हेटौंडाबाट टेलिफिल्म के ताल भो के ताल भोका साथै सर्ट फिल्म ल्होसार निर्माण गरी प्रसारणमा आएको छ। मामाभान्जा फिल्म्स् प्रोडक्सन तथा झलझली मल्टी क्रियसन म्युजिक स्टुडियोको प्रस्तुतिमा तयार भएको टेलिफिल्म के ताल भो के ताल भो हास्य व्यङ्ग्यमा आधारित सामाजिक कथा वाचन गर्ने यसबारे जानकारी दिन हेटौंडामा आयोजित कार्यक्रममा जानकारी गराइयो।

टेलिफिल्म हेटौंडाको नेशनल गोल्ड एचडी टेलिभिजनबाट शुक्रबार राति प्रसारण हुनुका साथै युट्युब च्यानलबाट पनि प्रत्यक्ष हेर्न सकिन्छ। टेलिफिल्मका पटकथा लेखक आशाकाजी श्रेष्ठले स्थानीयस्तरमा पनि टेलिफिल्म निर्माण र प्रसारण गर्ने आफूहरूको चाहना पूरा भएको बताए। टेलिफिल्म कलाकार दीलकुमार लामाले निर्देशन गरेका हुन्।

विनोदकुमार बानिया“को छायांकन तथा सम्पादन रहेको टेलिफिल्ममा कुमार शाह, माया घलान, दीलकुमार लामा, कुमार थिङ, सुशीला परियार, पूजा तामाङ, सरस्वती घताने, कल्पना घिमिरे, निशा राई, कृष्ण सुनार, सन्तोष भट्ट, विनोदकुमार बानियाँ, मोनिका घताने, श्याम लामा, रहिस मिया, विजयकृष्ण श्रेष्ठ, कर्ण पाख्रिन, सञ्जी श्रेष्ठ, सलिम आलम, महेश राई, सुजु मगरलगायत हेटौंडाका नयाँ पूराना कलाकारले अभिनय गरेका छन्। टेलिफिल्म हालसम्म ४ भाग प्रसारण भइसकेको छ।

त्यसैगरी सर्ट फिल्म ल्होसारमा तामाङ समुदाय तथा अन्य समुदायले मनाउने पर्व ल्होछार (ल्होसार) भित्र रहेका कुरीतिका पाटोलाई समेट्दै नारीप्रधान कथालाई समावेश गरिएको यसका प्रस्तुतकर्ताले बताएका छन्।

ल्होसारमा आदेश तामाङको निर्देशन र पटकथ, वीरेन्द्र श्रेष्ठ र अतित तामाङ बलको छायांकन रहेको छ भने विशाल महर्जन, सबिना पाख्रिन, अजय राई, अस्मिता गौतम, पंकज सार्की, शितल थोकर, एन्जिलासिंह गहतराज, मिलन खपांगीमगर, कुमार थिङ, प्रीति लामा, दीलकुमार लामा, सानुमाया रुम्बा, देवलाल मुक्तानलगायत कलाकारले अभिनय गरेका छन्।