ढुंगैढुंगाले बनेको शिखर शैलीको पहिलो कृष्ण मन्दिर

0
Shares

विश्वसम्पदामा सूचीकृत पाटन दरबार क्षेत्रअन्तर्गतको ढुंगैढुंगाले बनेको एउटा भव्य र आकर्षक मन्दिर हो कृष्ण मन्दिर । पाटनका राजा सिद्धिनरसिंह मल्लले विसं १६९३ साल (नेपाल संवत् ७५७) तिर बनाउन लगाएको यो मन्दिर भारतको मथुरामा रहेको कृष्ण मन्दिरलाई हेरेर बनाइएको बताइन्छ । कुनै प्रकारको काठ वा अरू सामग्री प्रयोग नगरिकनै बनाइएको कलाकृतिको उत्कृष्ट नमुना यो मन्दिर एउटै ढुंगाले बनेको मानिन्छ ।

पहिलो तलामा श्रीकृष्णको मूर्ति रहेको यो मन्दिरको तीन तलामध्ये भुइँ तल्ला खालि रहेको छ । प्रायःजसो मन्दिरमा कृष्ण राधासँग बसेका मूर्तिहरू राखिएका हुन्छन् । तर यस मन्दिरमा कृष्ण आफ्ना दुईजना श्रीमती रुक्मणि र सत्यभामासँग बसेका मूर्ति छन् । दोस्रो तलामा शिवलिङ्गको मूर्ति र तेस्रो तलामा लोकेश्वरको मूर्ति रहेको छन् । कृष्ण मूर्तिको चारैतिर विष्णुका दश अवतारका मूर्ति पनि छन् ।

किंवदन्तीअनुसार कृष्णभक्त राजा सिद्धिनरसिंह मल्लले राति सपनामा कृष्ण र उहाँकी श्रीमती रुक्मणीले नाचको देखेपछि सोही स्थानमा कृष्ण मन्दिर बनाउन लगाएका थिए । यसबारे अर्को किंवदन्ती पनि प्रचलनमा रहेको छ । सो ठाउँमा शिवको मन्दिर बनाउन जमिन खन्न लगाउँदा कृष्णको मूर्ति भेटिएकाले मन्दिरमा कृष्ण र शिवको मूर्ति दुवै समावेश गरिएको जनश्रुति रहेको छ।
थप जानकारी
१. २१ गजुर भएकाले कृष्ण मन्दिरलाई सबैभन्दा बढी गजुर भएको मन्दिरका रूपमा चिनिन्छ ।
३.सामान्यतया नेपालका अधिकांश मन्दिर प्यागोडा शैलीमा बनेका छन् । तर, यो मन्दिर शिखर शैलीमा निर्माण गरिएको छ । यो मन्दिरलाई शिखर शैलीमा निर्माण गरिएको पहिलो मन्दिरका रूपमा लिइन्छ ।
४. यो मन्दिर बनाउन साढे ६ वर्ष लागेको थियो । यस मूर्तिको सानो प्रतिमा पाटन दरबार क्षेत्रको सुन्दरी चोकमा छ ।
५.मन्दिरको पहिलो तलाका बिमहरूमा महाभारतका कथामा आधारित चित्र कँुदिएका छन् भने दोस्रो तलामा रामायणका विभिन्न चित्र कुँदिएका छन् ।
७. हरेक वर्ष कृष्णाष्टमीका दिन यो मन्दिरमा ठूलो मेला लाग्दछ ।
८. यो मन्दिरबाहिर हरेक वर्ष जेठ शुल्क पूर्णिमा(ज्यापून्हि)का दिन राजा सिद्धिनरसिंह मल्लको सिंहासन सर्वसाधारणको अवलोकनका लागि राखिने गरिन्छ । सोही दिन सिद्धिनरसिंहले रचना गर्नुभएका ३२ वटा रागको गीत गाउने परम्परा पनि छ ।
९. यो मन्दिर निर्माणपछि कृष्ण लिलामा आधारित कातिक नाच चलाइएको थियो ।
१०. यस मन्दिरअगाडि विष्णुको बाहन गुरुको मूर्ति रहेको छ ।