जस्टिन बिबर, बेबीदेखि पप आइडलसम्म

0
Shares

क्यानेडियन पपस्टार जस्टिन बिबरको लोकप्रियता विश्वभर छ। बेबी बोलको गीतबाट चर्चासँगै लोकप्रियताको शिखर चुमेका यी पप आइकन हाल ३० वर्षका भए भने उनको नाममा ३९ विश्व रेकर्ड छन्। सन् २०१० मा रिलिज भएको पहिलो एल्बमले नै उनलाई पप किङ र पप आइडलजस्ता उपाधि दिलाएको थियो ।

सन् २०२० मा जस्टिनलाई लाइम रोग लागेको थियो । सन् २०२२ मा उनले आफूलाई रेमसे हन्ट सिन्ड्रोम भएको खुलासा गरेका थिए । जसका कारण उनको आधा अनुहारमा पक्षाघात भएको थियो । रमेसे हन्ट सिन्ड्रोमका कारण उनी आँखा झिम्याउन पनि नसक्ने भएका थिए । यो समस्याका कारण उनले धेरै कन्सर्ट रद्द गर्नुपरेको थियो ।


जस्टिनले दुई वर्षको उमेरमा ड्रम सेट पाएका थिए । उनले चार वर्षको हुँदा आफैँ ड्रम सेट बजाउन सिकेका थिए भने गिटार पियानोजस्ता बाजा बजाउन उनलाई कसैले सिकाउनु परेन ।

उनले १९ वर्षको उमेरमा आफ्नै कमाइले आफू र आफ्नो परिवारका लागि घर किनेका थिए । जस्टिनले १६ वर्षको उमेरमा पहिलो ट्याटु खोपेका थिए । हाल छाती, पाखुरा खुट्टालगायत उनको शरीरका विभिन्न भागमा करिब ६० वटा ट्याटु छन् ।

जस्टिनले सामाजिक सञ्जाल एक्समा पोस्ट गरे पनि नगरे पनि प्रत्येक सेकेन्ड ६० ओटा मेन्सन पाउँछन् ।

यदि जस्टिनलाई बर्थडे पार्टीमा गीत गाउन लाउने हो भने उनलाई प्रत्येक घण्टाको पाँच हजारदेखि दश हजार डलरसम्म तिनुपर्छ ।

जस्टिनकी पहिलो प्रेमिका केटलिन बिडल हुन् । उनीहरूको सन् २००९ मा ब्रेकअप भएको थियो । जस्टिले गायिका तथा अभिनेत्री सेलेना गोमेजलाई मन पराउथे । सन् २०१० मा एकअर्कालाई भेटेपछि जस्टिन र सेलेना प्रेममा परेका थिए । सम्बन्धको अफवाह बढ्न थालेपछि सेलेनाले एक शोमा जस्टिन आफ्नो कान्छो भाइजस्तै भएको बताएकी थिइन् । त्यसको दुई वर्षपछि उनीहरूको ब्रेकअप भयो ।

जस्टिनले सन् २०१९ मा मोडल हेली बाल्डविनसँग विवाह गरे । क्यालिफोर्नियामा विवाह समारोहमा जस्टिनको पहिलो प्रेमिका केटलिन बिडल पनि सहभागी भएकी थिइन् ।

सरी, मार्क माई वर्ड, ह्वाट डु यू मीनजस्ता गीत जस्टिनले सेलेनाका लागि लेखेका थिए ।

एकपटक वासिङ्टन डिसीमा कन्सर्टका बेला जस्टिनको ल्यापटप चोरी भयो । त्यसको केही घण्टापछि एक्स अकाउन्टबाट उनका केही नग्न तस्वीर अपलोड भएका थिए ।

जस्टिनले आफ्नो नेभर बोलको गीतमा ६९ पटक नेभर भनेका छन् ।

एकपटक जर्मनमा रहँदा जस्टिनले एकजना महिला फ्यानका साथ जर्मनी भाषा सिक्नका लागि पटकपटक म तिमीलाई माया गर्छु भन्दै अभ्यास गरिरहेका थिए । त्यो सुनेर ती महिला बेहोस भएकी थिइन् ।

यदि जस्टिनको कन्सर्टको अन्तिमसम्ममा आफ्नो पानीको बोतलमा पानी छ भने त्यो उनी दर्शकतर्फ फ्याक्ने गर्छन् ।