मनमायाको मुटु छुने गीत ‘मेरो सबै खोसी लग्यो’ बजारमा (भिडियाेसहित)

1k
Shares

काठमाडौं ।

नेपाल सरकारकी सहसचिव तथा सुमधुर स्वरकी धनी गायिका मनमाया पंगेनी भट्टराइले सबैको मुटु छुने गीत ‘मेरो सबै खोसी लग्यो ’बजारमा ल्याउनुभएको छ । उहाँको सो मर्मस्पर्शी गीत सुन्दा जोसुकैलाई पनि भावुक र गम्भीर बनाउँछ ।

गायिका मनमायाले प्राकृतिक विपद्ले देश दुखेको र ठुलो क्षति भोगिरहेको अवस्थामा यस्तै क्षतिले आफ्नो सर्वस्व गुमाउन बाध्य एक महिलाको दु:ख, पीडा र वेदनालाई गीतमार्फत नीकै मर्मस्पर्शी किसिमले प्रस्तुत गर्नुभएको छ । गीतमा गरीब विपन्न परिवारकी ती महिलाको वाढी पहिरोबाट सबै परिवार र सम्पति उजाड भएर विस्थापित भएपछिका अकल्पनीय पीडालाई व्यक्त गरिएको छ । गीतले सत्य घट्नालाई उद्घाटित गरेको छ ।

गीतको रचना गायिका पंगेनी आफैँले गर्नुभएको हो । प्राकृतिक विपद्ले देश दुखेको बेलामा आफ्नो सबै गुमाएर विस्थापित भएकी महिलाको करुण कथा र व्यथालाई मुटु देखि नै महसुस गरेर सो गीत सिर्जना गरिएको गायिका पंगेनीले बताउनुभयो । ..मेरो सबै खोसी लग्यो वाढी पहिरोले, मुटु मा नै चोट पा¥यो पापी दैवले …. नछ घरमा खाने गास न छ वस्ने बास,कुन जुनीको भाग्य रैछ तीर्न मलाई ऋण, यस्ता खाले भावले गीतलाई अझै शसक्त बनाएको छ । ….विस्थापित भएँ म अपूरो भएँ म , मेरो लालाबाला लग्यो भेल पहिरोले , मेरो खसम लग्यो वरै पापी दैवले …। यूट्युब च्यानल र भावना म्युजिक सोलुसनबाट यो गीत हेर्न सकिने छ ।

यस गीतलाई सुन्दर र शसक्त बनाउन गायक तथा एरेन्जर कमल सौरभले महत्वपुर्ण योगदान दिनुभएको छ भने कलाकारहरु विमल अधिकारी र साया भण्डारीले मोडलिङ गर्नुभएको छ । गायिका पंगेनीले सरकारको सहसचिवमा व्यस्त हुनुपर्ने भएपनि सरकारी काम सकेर फुर्सदमा सांगेतिक क्षेत्रमा योगदान दिँदै आइररहेको र यसलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले यस अघि तिम्रो मायाको सागर लगायतका चर्चित गीतहरु बजारमा ल्याइसक्नुभएको छ ।