सय ग्रामले फोगात फाइनल खेल्न अयोग्य

7.8k
Shares

एजेन्सी ।

पेरिसमा जारी ग्रीष्मकालिन ओलम्पिक २०२४ मा भारतीय कुस्ती खेलाडी विनेश फोगातको तौल सय ग्राम बढी भएपछि स्वर्णका लागि हुने फाइनल खेलमा अयोग्य घोषित भएकी छन्‌ ।

कुस्ती खेलको फ्रिस्टाइलतर्फ ५० केजी तौलको प्रतिस्पर्धाका लागि गरिएको वेइयिङ्गमा १ सय ग्राम बढी तौल पाइएपछि फाइनलमा उनले खेल्न नपाउने भएकी हुन् । उनी अयोग्य भएपछि अमेरिकाकी साराह हिल्डेब्रान्ड्ट खेल्दै नखेली स्वर्ण जित्नेछिन् ।

यो विषयले भारतीय संसदमा चर्काचर्की बहस भएकोले भारतीय खेलमन्त्री मनसुख मन्दभियाले बुधबार संसदमा सम्बोधन गर्ने बताइएको छ । भारतका पूर्व चर्चित बक्सर तथा ओलम्पिक पदक विजेता विजेन्द्र सिंहले पनि फोगातलाइ वजन घटाउनका लागि अलिकति पनि समय नदिनु दुखद कुरा हो र ओलम्पिक जस्तो खेल महाकुम्भमा यो पहिलो पटक गरिएको भनेका छन् ।