हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु (सूचीसहित)

9.7k
Shares

काठमाडौं ।

एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएकाे छ । बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएकाे हाे ।

प्रहरीका अनुसार ४ पुरुष १ महिलाको शव फेला परेको छ । हेलिकप्टर खोल्सामा दुर्घटना हुँदा शव निकाल्न गाह्रो भइरहेको छ ।

उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए भने ४ चिनियाँ पर्यटक स्याफ्रुबेंसी लगिँदै थियो । प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो । घटनाको खबर पाउनासाथ खोजीमा अर्को हेलिकोप्टर पठाइएको थियो ।

घटनाबारे थप विवरण आउने क्रम जारी छ।