आज पनि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


काठमाडौं ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुन तोलाको १४ सयले घटेर तोलाको एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस अघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ७ सय पुगेको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला १५ रुपियाँ घटेर १७१० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।