नरेशलाई पितृशोक


काठमाडौं ।

गीतकार, कलाकार, कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी नरेश भट्टराईलाई पितृशोक परेको छ। भट्टराईका पिता तुलसीप्रसाद भट्टराईको ८५ वर्षको उमेरमा गतशुक्रबार बिहान ८ः४० बजे कीर्तिपुरस्थित आफ्नै निवासमा निधन भएको हो।

नशा तथा उच्चरक्तचापको समस्यास“ग जुध्दै आएका भट्टराईले आफ्नो जीवनकालमा शिक्षाको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका थिए। समाज सेवामा समेत सक्रिय उनी कृषि पेसामा आबद्ध थिए। स्व. भट्टराईको परिवारमा श्रीमती रत्नमञ्जरी भट्टराईका साथ चार छोरा थिए।

उनका जेठा छोरा तथा तत्कालीन बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको २०७५ सालमा जीप दुर्घटनामा परी निधन भएको थियो। नरेश उनका कान्छा छोरा हुन्। स्व. भट्टराईको परिवार कोटेश्वर महादेव मन्दिरस“गैको पितृमुक्ति भवनमा काजक्रिया गरिरहेका छन्।