तीजलाई सीताको माइती


काठमाडौं ।

सिताको माइती बोलको तीज गीत सार्वजनिक भएको छ। गीतमा सूर्य खड्का र सुनीता बुढा क्षेत्रीको स्वर रहेको छ। शिव अखेलीलको शब्द र संगीत रहेको गीत दर्शक स्रोताले छोटो समयमै निकै मन पराएका छन्।
गीतले भन्छ
गुन्यू र चोली पहिचान हुन हाम्रा नेपालका नारी संसारमै राम्रा
बादलु केस बुद्धको देश सिताका माइती हामी बरिलै
मायाले लाको नाइलनको सारी आहा नि कति दामी बरी लै।

चर्चा कमाउन विवादास्पद र दोहोरो अर्थ लाग्ने शब्द तथा त्यस्तै उत्तेजक र भड्किलो दृश्य समावेश गरेर तीज गीत निर्माण गर्ने प्रवृत्ति बढेको समयमा यो गीतमा प्रयोग भएका सभ्य शब्द समावेश गरिएको छ। गीतमाथि निर्मित भिडियोले सकरात्मक शन्देशसमेत दिएको छ।

अडियोका साथमा गीतको भिडियो पनि राम्रो बनेको छ। विजय पुन र जुना विश्वकर्माले अभिनय गरेको भिडियो जीवनकुमार ज्ञवालीले निर्देशन गरेका छन्। गीत सूर्य खड्का युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।