मधेशमा थपिए पाँच राज्यमन्त्री


धनुषा ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ५ जना राज्यमन्त्री नियुक्त गरेका छन् ।

मन्त्रालयको संख्या १२ रहेको मधेश प्रदेशमा मन्त्रिपरिषदको संख्या २० पुगेको छ । यो मधेशमा अहिलेसम्मको सबैभन्दा ठुलो मन्त्रिपरिषद हो ।

मंगलबार एमालेबाट मो। जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका छन् । त्यस्तै, कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएका छन् । त्यस्तै लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतबाट सम्भु साह उद्योग पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

उनीहरुले आजै शपथ समेत लिएका छन् ।