कुलमानलाई कारबाही गरे आन्दोलनमा उत्रिने चेतावनी


काठमाडौं ।

तामाङ राष्ट्रिय मोर्चा, नेपालले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ऐतिहासिक योगदानलाई अवमूल्यन हुने गरी कुनै निर्णय गरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

विद्युत् प्राधिकरणको उठ्न बाँकी रकम असुल उपर गर्न पहलकदमी लिइरहेका कार्यकारी निर्देशिक घिसिङलाई प्रतिशोधपूर्ण ढंगले कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाए आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।