चार एआइजीको सरुवा


काठमाडौं ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नेपाल प्रहरीका ४ प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा गरेको छ ।


बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा दीपक थापा, उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, प्रदेश समन्वय विभागमा श्यामलाल ज्ञवाली र कार्य विभागमा रामदत्त जोशीलाई सरुवा गरेको हो ।

यसअघि ज्ञवाली सीआईबी प्रमुख थिए भने थापा उपत्यका प्रहरी कार्यालयमा कार्यरत रहेका थिए । बज्राचार्य प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए भने जोशी हालै एआईजीमा बढुवा भएका हुन् ।