प्रधान सेनापति शर्माद्वारा चोभारमा निर्मित पञ्चु तथा पाल-सायर प्लान्टको उद्‍घाटन

378
Shares

काठमाडौं ।

सैनिक कल्याणकारी कोषको लगानीमा नेपाली सेना बहु व्यवसाय उद्योग अन्तर्गत कीर्तिपुरको चोभारमा निर्मित पञ्चु तथा पाल-सायर प्लान्टको प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यममार्फत उद्‍घाटन गरेका छन् ।

नेपाली सेनाको बन्दोबस्ती प्रणालीलाई थप प्रभावकारी बनाउँदै अत्यावश्यक सैनिक सामाग्रीहरू उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले यस प्लान्टको स्थापना गरिएको हो । यस प्लान्टको स्थापनासँगै नेपाली सेनालाई आवश्यक पर्ने गुणस्तरीय पञ्चु तथा विभिन्न प्रकारका पाल-सायरहरूको उत्पादन हुनेछ ।

उक्त कार्यक्रममा बलाधिकृत रथी अशोक राज सिग्देलले उक्त प्लान्टको अवलोकन तथा निरीक्षण गर्नु भई नव निर्मित प्लान्टका विविध पक्षहरू बारे जानकारी लिएका थिए । सो अवसरमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतको उपस्थिति रहेको थियो ।