बाग्लुङमा पहिरोमा परि आठ जनाको मृत्यु, दुई बेपत्ता

1.6k
Shares

काठमाडौं ।

बाग्लुङमा पहिरोले पुरिँदा आठ जनाको ज्यान गएको छ । मंगलबार बिहानको बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटाका ६ जना र बडिगाड–९ बलघाँसमा २ गरि आठजनाको ज्यान गएको बागलुङ प्रहरीले जानकारी दिएको छ । त्यस्तै अन्य दुइ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार बडिगाड–१० आरुपाट बस्ने बर्ष ७ की मालती बुढा, ७ वर्षिया मधु बुढा, ६ महिनाकी बालिका, वर्ष १२ का मनोज बुढा, वर्ष १२ का अमन बुढा र बर्ष ५९ की मैतीदेवी बिको पहिरोमा परेर मृत्यु भएको छ ।  

त्यस्तै वडिगाड–९ बलघाँसका १५ वर्षिय बिदान परियारको पनि पहिरोमा परेर ज्यान गएको छ। पहिरोले स्थानीय श्याम परियारको घरलाई पुरेको थियो, त्यही पहिरोमा परेर छोरा विदान परियारको ज्यान गएको प्रहरीले जनाएको छ ।  

त्यसैगरि वडिगाड–९ दर्लिङ काभ्राखर्कका २४ वर्षका गंगा बस्नेतको पहिरोले पुरिएर ज्यान गएको छ । बाटोमा हिडिरहेका उनलाई माथिबाट पहिरो खसेर पुरेको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार बुर्तिबाङबाट करिब ४० किलोमिटर टाढाको उक्त गाउँमा बिहान ११ बजेतिर पहिरो झरेको थियो । बिहान घटना भएपनि बाटोको असहजता र ठाउँठाउँमा पहिरो झरेकोले दिउँसो चार बजे मात्र प्रहरी घटनास्थल पुगेको थियो ।