हसिनाका छोरा भन्छन्- अब आमाको राजनीतिक पुनरागमन सम्भव छैन


काठमाडौँ । 

बंगलादेशको प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजिब जोयले आफ्नी आमाले आइतबार नै राजीनामा दिने तयारी गरेको बताएका छन् ।

बीबीसीसँग कुरा गर्दै सजिबले केहि मानिसहरुको भिडले आफ्नी आमालाई सत्ताबाट बाहिर पुर्‍याएको बताउँदै अब आफ्नी आमाको राजीनितिक पुनरागमन सम्भव नभएको बताएका छन् ।

उनले भनेका छन्- ‘उनले विगत १५ वर्षमा बंगलादेशलाई परिवर्तन गरिन् । उनी सत्तामा आउँदा बंगलादेशलाई एक गरिब देश मानिन्थ्यो तर आज यसलाई एसियाको उदीयमान बाघ मानिन्छ को रूपमा हेरिएको छ ।’

उनले सरकारले विद्यार्थीमाथि दमन गरेको आरोप अस्वीकार गर्दै भने, ‘आइतबार मात्रै १३ जना प्रहरीलाई भीडले कुटेर मारेको छ, यस्तो अवस्थामा प्रहरीबाट के अपेक्षा गर्ने ?’ सजिबले भने- ‘अब उनकी आमाको राजनीतिक पुनरागमन सम्भव छैन।’

उनले बीबीसीलाई भने, ‘उनी अहिले ७० वर्षको उमेरमा छिन् । उनको कडा परिश्रमको बाबजुद पनि केही मानिसहरूले उनको विरुद्धमा विद्रोह गरे । मलाई लाग्छ उनी कहिल्यै पुनरागमन गर्नेछैनन् ।’

आरक्षण विरोधी आन्दोलन चर्किँदै गएपछि प्रदर्शन उग्र हुँदा हसिनाले सोमबार पदबाट राजीनामा दिँदै देश छोडेर भारत पुगेकी छन् । उनी छिट्टै लन्डन जानसक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।