राजेश हमाल फिल्ममा फर्कंंदै


काठमाडौं ।

ख्यातिप्राप्त अभिनेता राजेश हमाल ५ वर्षको अन्तरालपछि पुनः फिल्ममा देखिने भएका छन्। हमालले आइतबार सामाजिक सञ्जाल फेसबुकमा तस्वीरसहित स्ट्याटस सेयर गर्दै निर्देशक दिवाकर भट्टराईको फिल्ममा अभिनय गर्न लागेको जानकारी गराएका हुन्।

‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु,’ निर्देशक भट्टराई, नायक राज कटुवाललगायतसँगको तस्वीर सेयर गर्दै हमालले फेसबुकमा लेखेका छन्।

‘महानायकसँगको यो तस्वीरले ममा एउटा विशेष चुनौती थपिएको छ। यो विश्वास र भरोसालाई एउटा उचाइ दिनेछु।आभारी छु महानायक राजेश हमालप्रति, मलगायत मेरो टिमलाई विश्वास गर्नु भएकोमा। केही विशेष पक्कै हुनेछ,’ हमालको स्ट्याटस सेयर गर्दै निर्देशक भट्टराईले लेखेका छन्।

दिवाकरले निर्देशन गर्ने यो फिल्म एक्सन–थ्रिलरमा हुनेछ। तर, फिल्मको नाम पक्का गरिसकिएको छैन। फिल्म सामाजिक कथामा हुने जानकारी निर्देशक भट्टराईले गराएका छन्। आगामी भदौदेखि काठमाडौं, पोखरा र मुस्ताङमा सुटिङ गरिने फिल्म हाल स्क्रिफ्ट लेखनको फेजमा छ।