माइलीको मुहूर्त


काठमाडौं ।

बाबुसाहेब बलामीको कन्सेप्ट र निर्देशनमा बन्ने फिल्म माइलीको सोमबार राजधानीको भद्रकाली मन्दिरमा शुभमुहूर्त गरिएको छ।

मुहूर्तमा अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघका विवेक सापकोटाले क्ल्याप, सवनम मुखियाले क्यामरा, रक्षासिंह राणाले निर्देशन र पत्रकार शान्तिप्रियले नरिवल फुटाएर शुभमुहूर्त गरिएको कार्यक्रममा नायिका प्रियंका कार्की र नवकलाकार कमला घिमिरेले मुहूर्त सट दिएका थिए।

फिल्ममा प्रियंका र कमला आमाछोरीका रूपमा देखिनेछन्। रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा निर्माणाधीन फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा, आश्मा पाण्डे, रेश्मा केसीलगायतले अभिनय गर्नेछन्।

निर्देशक बलामीले फिल्म सत्य घटनामा आधारित हुने र महिलाको पीडा देखाइने बताए। आज मंगलबारबाट सुटिङ प्mलोरमा जाने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ।

फिल्ममा शंकर अधिकारी ‘घायल’ को गीत, पटकथा र संवाद, राजेन्द्र बजगाइैंको संगीत, शिव ढकालको छायांकन र समीर मिया“को सम्पादन रहनेछ।