हवाई यातायातमा दुर्घटना र उपचारको खोजी

11.28k
Shares

नेपालमा बेला–बेलामा भइरहने हवाई दुर्घटनाको नियति पुनः गत श्रावण ९ गते त्रिभुवन विमानस्थलमा दोहोरियो । यस घटनामा १८ जनाको निधन भयो । पटक–पटक भइरहेको दुर्घटनाको न्यूनीकरणका लागि आफ्नो कार्यसम्पादनद्वारा सुरक्षित एवं स्तरीय सेवा प्रदान गर्नु सबै सम्बद्ध पक्षको दायित्व भएकोमा शायद कसैको विमति नहोला ।

विभिन्न सेवा प्रदान गर्न थरी–थरीका ऐन–नियमको व्यवस्था भएझैँ हवाई यातायात सञ्चालनतर्फ पनि गैरसैनिक हवाई उडान ऐन २०१५, आवश्यक नियमावली, विभिन्न संगठनसम्बन्धी ऐन, नियमावलीहरुको संयोजनबाट विमानस्थल, वायुसेवाहरुले सेवा सञ्चालन गरिरहेका छन्। हवाई यातायात सेवा आफैँमा विशेष प्रकार, प्रवृत्ति, विविध सेवाहरुको संयोजनबाट परिचालित हुने भएबाट आफैँमा थप चुनौतीपूर्ण, रहस्यमय तथा आकर्षक सेवा भएकोमा समेत शंका छैन ।

यसरी बहुसेवा, विविध जनशक्तिद्वारा प्रदान हुने सेवामा कार्यरत संघ, संगठन, उपलब्ध जनशक्तिको कार्य प्रणाली, सूचनाको अप्रभावकारिता र अपूूर्णताको साथै कार्यप्रवाहमा शृङ्खलाबद्ध कमजोरी भएमा आकस्मिक दुर्घटनाको विकल्प हँुदेनन । यसै गरी उपलब्ध भएका नियम आदिहरुको कार्यान्वयन नभइरहेको अवस्था पनि थप चुनौती र खतराजन्य क्रियाकलापको लागि मलजल नै भएको मान्न सकिन्छ । कार्यमा मतमतान्तर, नियमहरुको फरक व्याख्या आदि पनि सेवाप्रवाहको गुणस्तरियतामा ह्रास आउनुको कारक तत्व नै हुन् ।

विमानस्थलमा र हवाई यातायात सेवाप्रदायक सबै निकायहरुमा आधिकारिक र सम्बद्ध सेवाका जनशक्ति भए÷नभएको, उचित र आवश्यक तालिम पाए÷नपाएको आदि विवेचनाको अतिरिक्त सबै निकायको पूर्णताविना तथा आवश्यक सेवा नै अपूरो र अपर्याप्त भएमा हवाई यातायात खतराजन्य अवस्थामा भइरहेको भन्न शायद द्विविधा नहोला ।

एउटै संगठनको संगठनात्मक अपूर्णता (संगठनात्मक र कार्यात्मक) तथा अन्य संगठनसँगको कार्य सहजीकरणको भूमिका (व्यक्तिगत इच्छा–आकांक्षामा अभिप्रेरित नभई सेवात्मक लक्ष्यप्रति समर्पित), सेवाप्रवाहको उत्पादकत्व (परिणाम) आदि तत्वहरुको समीक्षा पनि उपलब्ध ऐन–नियमको आधारमा हुनुपर्ने आजको टड्कारो आवश्यकता भएको देखिन्छ ।

मिति २०८१।४।९ मा सौर्य एयरलाइन्सको हवाई दुर्घटनासम्बन्धी विभिन्न अड्कल, कुराकानी, छलफल गर्नुभन्दा गठित आयोगले यावत् क्षेत्रको गहन विश्लेषणसहित प्रतिवेदन प्रकाशन गरोस्, जसबाट भविष्यका लागि एउटा सबल मार्गदर्शन होस् । प्राविधिक जाँचको प्रतिवेदन फौजदारी अभियाजनको प्रयोजनार्थ प्रयोग त हुँदैन, खालि थप दुर्घटना नहुने उपायको पहिचानमा केन्द्रित हुने प्रतिवेदन हो । यसको पनि आप्mनै महत्व भएको इन्कार गर्न सकिँदैन । अझ यो दुर्घटनामा वायुसेवा सञ्चालकका कैयौँ उच्च पदस्थ कर्मचारी, जिम्मेवार पदमा आसीन भएका महानुभावहरुको दुःखद निधनको पक्ष त छँदै छ । तर यसले कार्य प्रणालीमा जिम्मेवारी, आवश्यकता, कार्य प्रक्रियाको अपूर्णता वा कमजोरी पनि केही हदमा दर्शाएको मान्न सकिन्छ कि सकिँदैन? गैरसैनिक हवाई उडान ऐनको प्रस्तावनामा उल्लेख भएबमोजिम ‘हवाई यातायातबाट राष्ट्रलाई अधिकतम फाइदा प्राप्त हुने गरी सिभिल एभिएसनको विकासलाई प्रोत्साहन हुने परिस्थिति सिर्जना गर्न सिभिल एभिएसनलाई नियन्त्रित र व्यवस्थित गरी शान्ति र व्यवस्था एवं सर्वसाधारण जनताको सुविधा कायम राख्न वाञ्छनीय’ भएको मर्म हवाई यातायात सञ्चालन, व्यवस्थापनमा संलग्न सबै निकायको मूल मन्त्र हुनुपर्नेमा शंका छैन ।

दुर्घटना मानवीय कारणले भएको हो वा यान्त्रिक कारणले, यसमा घटी–बढी, प्रत्यक्ष–अप्रत्यक्ष विभिन्न व्यक्ति, समूह, संगठनहरुको भूमिका पनि रहन्छ नै । कार्य प्रणालीमा भएको दोष, मानवीय र यान्त्रिक त्रुटि नै भए पनि यी सबैको मूल कारण संगठनको (विभिन्न संगठन, एउटालाई दोष दिएर पन्छिन सकिँदैन) त्रुटि तथा त्रुटिपूर्ण संगठन र अपूरो कार्य प्रणालीतर्पm पनि विशेष अध्ययन (सबै निकायका एकीकृत) हुन पनि अब शायद ढिला गर्न हुँदैन ।

सुरक्षित र भरपर्दो विमानस्थल सञ्चालनका लागि विमानस्थलमा सबै संयन्त्रहरुको क्षमता, कार्य प्रणालीमा परिवर्तन तथा अपूरो र अधुरो कार्यहरुको पहिचान गरी सक्षम व्यवस्थापनको नितान्त आवश्यता छ । एउटा निकायको अपूर्णता र अक्षमताले अन्य निकायलाई पनि असर गर्ने भएको र यस्तै गल्ती नै गल्तीहरुको श्रृङ्खलाबद्ध क्रम नै दुर्घटनाको कारण हुन्छ । यसको रोकथामका लगि विमानस्थल सञ्चालक, वायु सेवा, विमानस्थलमा कार्यरत विभिन्न निकायहरुको अन्तरसम्बन्ध, कार्यविधि, सुरक्षित हवाई यातायात सञ्चालनमा आ—आफ्नो निकायको भूमिकाबारे थप समन्वय तथा अनुगमनको दायरा बढाउन बेग्लै संयन्त्रको समेतको जरुरी देखिएका छ । यसमा स्वार्थ बाझिने, दोहोरो भूमिकाको तथ्यबाट विमुख हुने गरी स्वतन्त्ररुपमा कार्य गर्ने विभिन्न निकायको जरुरी भएको आभास हुन्छ ।

एउटा निकायको पनि आफ्नो लक्ष्य उद्देश्यभन्दा फरक कार्य भइरहेको वा नभइरहेको, आवश्यक संयन्त्रको पहिचानदेखि संगठन संरचनागतका कुराहरु पनि अध्ययनको विषय देखिन्छ । आखिरमा कुनै दुर्घटनाको कारण प्राविधिक होस् वा मानवीय नै किन नहोस्, त्यो सबैको आधार त संगठन नै भएकोमा दुईमत छैन । संगठन (हवाई यातायातका कुनै पनि) को कमी कमजोरी पत्ता लगाई निर्देशन मात्र दिनु पनि पर्याप्त छैन, निर्देशन पनि आफैँमा झन् गलत र अपूरो कार्य बढाउने कारक पनि हुन सक्छ ।
यस अर्थमा सबै निकायहरुको आ–आफ्नो कार्यक्षेत्रको स्वविश्लेषणसहित परिवर्तन र क्षमता अभिवृद्धिसहित अधुरो र अपूरोपन हटाउन दत्तचित हुन आजको सेवाको स्तरीयताको लागि अपरिहार्य आवश्यकता भएको छ । अझ यसमा एक निकायको सर्वोच्चता सिद्ध गर्ने, अर्को निकायको स्वतन्त्र कार्यमा समेत हस्तक्षेप हुने वा भइरहेको वा नभइरहेको परिवेशसमेत अध्ययनको विषय हुने देखिन्छ । वस्तुतः कुनै पनि दुर्घटनामा संगठनको गल्ती र मानवीय प्रवृत्तिको पनि त गहन भूमिका नै हुन्छ । दुर्घटना अग्रिम सूचना दिएर आउने होइन, सबैको केही न केही भूमिका हुन्छ भन्ने भनाइ पनि एकातिर छ भने दुर्घटना भइसकेपछि एक–आपसी कमजोरी देखाउने, एक–आपसी आरोप–प्रत्यारोप गर्ने समय पनि यो होइन ।

समयसाक्षेप परिवर्तन अनिवार्यता हो भने यसको लागि पनि विमानस्थल निर्माण, सुव्यवस्थित र स्तरीय सञ्चालनको लागि पनि संगठन संरचना, कर्मचारीहरुको सक्षमता र पर्याप्तता (सबै निकायको), नियमावली आदिमा व्यापक छलफल तथा अध्ययन गरी बन्चरोरुपी घार लगाउन आवश्यक देखिएको छ । साथै विमानस्थल संचालनहेतु विभिन्न निकायका कर्मचारीहरुबाट आ–आफ्नो ऐन–नियमबमोजिम कार्यान्वयन पक्षमा जोडबल तथा अनपेक्षित सुधारका प्रक्रियामा सरोकारको अपेक्षा गर्न सकिन्छ ।विमानस्थलमा र हवाई यातायात सेवाप्रदायक सबै निकायहरुमा आधिकारिक र सम्बद्ध सेवाका जनशक्ति भए/नभएको, उचित र आवश्यक तालिम पाए/नपाएको आदि विवेचनाको अतिरिक्त सबै निकायको पूर्णताविना तथा आवश्यक सेवा नै अपूरो र अपर्याप्त भएमा हवाई यातायात खतराजन्य अवस्थामा भइरहेको भन्न शायद द्विविधा नहोला ।

जाँचबुझ आयोगका कार्यसीमा, यसको प्रतिवेदनबाट थप सुधारको अपेक्षा गर्न सकिन्छ । यसमा पर्याप्तताको सवाल र अझ फराकिलो विषयवस्तु समेटिन सक्नुपर्ने आवश्यकता महसुस हुन्छ । गैरसैनिक हवाई उडान ऐनमा भएका अपराधहरु मुलुकी फौजदारी कार्यविधि (संहिता ऐन) २०७४ समेत आकर्षित भएको अवस्थाबारे जन–सचेतना, कार्य प्रणालीमा व्यापक सुधार तथा व्यवहारमा उतारी, समयसाक्षेप परिवतर्नमुखी हवाई यातायात सेवाको माध्यमबाट जनधनको सुरक्षाको प्रत्याभूतिसहितको सेवा नै आजको वस्तुपरक माग हुन सक्छ ।

अझ यसमा पुनः विशेष स्मरणीय छ संगठनात्मक परिवर्तन, कार्यको विस्तृत खोजी, क्षमता अभिवृद्धिका उपायहरुको समेत ठोस पहिचान नै उपचारको पहिलो खुड्किलो हुन सक्छ । आज देश समाजको यावत् क्षेत्रमा सेवाप्रदायकको स्तरीयता, क्षमतामा गहन प्रश्न उठेको छ । सेवारत कर्मचारीहरुमा कार्यप्रतिको गैरजिम्मेवारीपना, सजगतामा कमी–कमजोरी हुनुको विभिन्न कारण हुन सक्छन् । वस्तुतः आज नियामक निकायको कमी–कमजोरीबारे विभिन्न सञ्चारमाध्यमहरुमा पढ्न, सुन्न पाइरहेको अवस्था हो। यहॉ बिर्सन नहुने तथ्य नियामक निकायको अनुगमन आदि त समयावधिक हुनेदेखि आफ्नै पनि कमी–कमजोरी तथा सीमा होला । यस हिसाबले नियामक निकायको स्तरभन्दा सेवाप्रदायक निकायहरुको स्तरीयता, परिपूर्ण र सक्षम सेवा (सबै निकायहरुको) तथा सेवाको स्तरमा अभिवृद्धि नै आजको मूल माग हुन आवश्यक देखिन्छ । हवाई यातायात र अन्य यातायात क्षेत्रमा संलग्न सबै निकायहरु अझ जन–धनको क्षति हुनबाट विशेष चनाखो हुन आवश्यक देखिन्छ ।

सबै प्राणीहरु दण्डदेखि डराउँछन्, सबैलाई जीवनको माया छ । त्यसैले सबै प्राणीलाई आफूसमान ठानी आफूले बेइमान नगर्नुु र अरुलाई पनि गर्न नदिनु हाम्रो कर्तव्य हो । सबै सेवाप्रदायक निकायमा कार्यरत कर्मचारीहरुको जिम्मेवारी गहन हुन्छ । यस अर्थमा कि सबै प्राणीलाई आपूmसमान ठानी कुनै पनि कार्यमा बेइमान नगर्नु र गर्न पनि नदिनु भन्ने मन्त्रणा सबैले ठूलो मार्गदर्शनको रुपमा लिन सकेमा दुर्घटना न्यूनीकरणको उपाय हुन सक्ने विश्वास गर्न सकिन्छ। अन्य सहयोगीमूलक कार्यलाई पनि समेटिने गरी हवाई यातायातको दायरा फराकिलो हुन नितान्त आवश्यक देखिन्छ । अन्त्यमा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना एवं घाइते क्याप्टेनको शीघ्र स्वास्थ्यलाभको कामना !

(लेखक नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक हुनुहुन्छ ।)