बैंस जोवन उम्रो


काठमाडौं ।

गायिका शान्तिश्री परियारको स्वरमा तीज गीत बैंस जोवन उम्रो सार्वजनिक भएको छ। डीआर सुजनको शब्द रचना, संगीत र आशिष अविरलको एरेन्जमेन्ट रहेको गीतमा जीवनमा दुःख सुख भनेको आइरहन्छ दुःखमा आत्तिने र सुखमा न मात्तिने नै जीवन यापनको सजिलो माध्यम हो भन्ने सन्देश दिन खोजिएको छ।

डीआर सुजन, अञ्जली अधिकारी र सरस्वती खत्रीको अभिनय रहेको गीतको भिडियोमा काजिस श्रेष्ठको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र विकास ज्ञवालीको सम्पादन रहेको छ। डीआर सुजनले नै निर्देशन गरेको भिडियो उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।