काभा वुमन्स नेसन्स भलिबल: इरानसँग नेपाल ३-२ ले पराजित


काठमाडौं ।

नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत इरानसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार सम्पन्न खेलमा इरानले नेपाललाई ३-२ को सेटमा पराजित गरेको हो ।

यो जितपछि इरानले २ अंक हासिल गरेको छ भने नेपालले एक अंक हासिल गरेको छ । यो जितपछि इरानले चार खेलमा ७ अंक हासिल गरेको छ भने नेपालले ३ खेलमा ६ अंक हासिल गरेको छ ।

अब नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार ५स् १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।