परराष्ट्रसचिव लम्साल ओमान जाँदै

238
Shares

काठमाडौं ।

परराष्ट्रसचिव सेवा लम्साल सोमबार (भोलि) ओमान जाने भएकी छन् । नेपाल र ओमानबीच हुन गइरहेको द्विपक्षीय परामर्श समितिको पहिलो बैठकमा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल–ओमान द्विपक्षीय परामर्श समितिको बैठक यही साउन २३ गते ओमानको मस्कटमा हुँदै छ ।

ओमान भ्रमणमा क्रममा परराष्ट्रसचिव लम्साल मस्कटमा विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रसचिव लम्साल साउन २५ गते ओमानबाट स्वदेश फर्कने मन्त्रालयले जानकारी दिएको छ ।